१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सर्वोच्चका न्यायाधीसहरुले बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि मात्र सुनुवाइ गर्दै



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजका लागि ६ वटा इजलास तोकेका छन् ।

सहकर्मी न्यायाधीसहरु एक सातादेखि इजलास बहिस्कार गरेर आफै विरुद्ध आन्दोलनमा उत्रिएपछि दबाबमा परेका प्रधानन्यायाधीस राणाले आज आफु बाहेकका ६ वटा मात्र इजलास गठन गरेका हुन् ।
तर ती सबै इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुनेभएको छ । १० जना न्यायाधीशका लागि पेसी तोकिएको छ । जसमध्ये दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।

इजलास बहिस्कार गरिरहेका न्यायाधीसहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा भने सुनुवाइ थालेका हुन् । बन्दी प्रत्यक्षीकरणबाहेकका निवेदन भने तोकिएका छैनन् ।

यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदनका लागि एकल र संयुक्त गरी बढीमा दुई वटा मात्र इजलास गठन हुने गरेको थियो । तर, प्रधानन्यायाधीस जबराले न्यायाधीसकहरुको आन्दोलनकै बीच धेरै इजलास गठन भएको देखाउन ६ वटा गठन गरेका छन् ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : २३ बजे

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू