२३ चैत्र २०८२, सोमबार | April 6, 2026

४९ सांसदको समर्थनसहित राजेन्द्र राईद्वारा मुख्यमन्त्रीमा दाबी पेश



विराटनगर । विपक्षी गठबन्धनको समर्थनसहित नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामापत्र बुझाए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । त्यसलगत्तै ४९ जना सांसदको समर्थनसहित राईले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गरेका हुन् । ४९ जना प्रदेशसभा सदस्यहरुले राईलाई समर्थन दिएको हस्ताक्षर गरेका छन् । उपसभामुख सरस्वती पोखरेल मातृशोकमा रहेका कारण उनको हस्ताक्षर भएको छैन ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसद रहेका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५४ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।