२९ माघ २०८२, बिहिबार | February 12, 2026

खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरुलाई निरुत्साहित गर्दै लक्षितवर्गलाई समेट्न पूर्व खेलकुद मन्त्रीहरुको सुझाव



काठमाडौं । नेपाल सरकारका पूर्व खेलकुद मन्त्रीहरुले खेलकुद मन्त्रालय सधें उत्पिडनमा परेको गुनासो गरेका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज(अथक) ले पुर्व खेलकुद मन्त्रीहरुसँग राय परार्मशका लागि बोलाइएको छलफल कार्यक्रममा बोल्दै पूर्व मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्रीहरुले राज्यको मुल प्रवाहबाट खेलकुद मन्त्रालय सधैं उत्पिडनमा पारिएको गुनासो गरेका हुन् ।

उनीहरुले खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरुलाई निरुत्साहित गर्दै लक्षितवर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरुलाई ब्यापकता दिनुपर्ने सुझाव दिए । छलफलमा सहभागीहरुले खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा स्वरोजगार कोष विचौलीयाहरुको कमाई खाने भाँडो बनेको आरोप लगाउँदै युवा स्वरोजगारको पैसा लक्षितवर्गसम्म पुग्ने गरि नीति बनाउन मन्त्री गहतराजलाई सुझाव दिएका थिए । खेल पर्यटनका हिसावले नेपाल संसारकै उत्कृष्ट देश भएको उनीहरुको भनाई छ ।

छलफल कार्यक्रममा बोल्दै पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको “खेलकुद विकास ऐन” कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गरे ।

खेल पर्यटनका हिसावले नेपाल संसारकै उत्कृष्ट देश भएको उल्लेख गर्दै विश्वकर्माले भने “नेपालमात्र एक यस्तो देश हो, जहाँ संसारमा खेलीने सबै प्रकारका खेलहरु खेल्न सक्ने खालको भौगोलिक बनावट छ ।”

पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामीले पहिलो पटक पुर्व मन्त्रीहरुसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेर मन्त्रालयले राम्रो अभ्यासको सुरुवात गरेको बताए । जनशक्ति, पुर्वाधार र बजेटको स्थिती हेर्दा खेलकुद मन्त्रालय सधैं उत्पिडनमा परेको आभाष हुने बताउँदै अछामीले मन्त्रालयलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिए ।

उनले खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरुलाई निरुत्साहित गर्दै लक्षितवर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरुलाई ब्यापकता दिन सुझाव दिए ।

छलफल कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सबै पक्षको सुझावका आधारमा नयाँ योजनाहरु तर्जुमा गरीने बताए । विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनिका लागि आफु निरन्तर छलफलमै रहेको बताउँदै मन्त्री गहतराजले मन्त्रालयको स्तर उठाउने कार्यमा आफु दिनरात लागिपरेको बताए । छलफलबाट महत्वपूर्ण सुझाव संकलनभएको उल्लेख गर्दै मन्त्री गहतराजले भने, -“तपाईहरुबाट प्राप्त महत्वपूर्ण सुझाव, सल्लाहलाई मैले मार्गनिर्देशका रुपमा ग्रहण गर्नेछु ।”

मन्त्री गहतराजले सोमबार खेलकुद मन्त्रालय सम्हालेका पूर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनका लागि सिंहदरबार स्थितमन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” राखेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : २१ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका