२२ माघ २०८२, बिहिबार | February 5, 2026

बागलुङमा तिहार खर्च बोकेर जेष्ठ नागरिकको घरघरमा जनप्रतिनिधि



बागलुङ । बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो ।

चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिइन् ।

नगर भित्रका ८५ बर्षमाथिका २०२ नागरिक छन् । नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । ८५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरेको गल्कोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

गलकोट नगरपालिका–१ मा सबैभन्दा बढी ४६ जना र वडा–४ र ७ मा सबैभन्दा कम ११÷११ जना छन् । शाखा प्रमुख अधिकारीका अनुसार वडा–२ मा १८, वडा–३ मा २३, वडा–६ मा २७, वडा–८ मा २२, वडा–९ मा १७, वडा–१० मा ३१ र वडा–११ मा २३ जना ज्येष्ठ नागरिक छन् ।

नगरपालिकाले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभूति हुने गरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको मेयर भरत शर्मा गैरेले बताए ।

सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकले पनि उक्त सुविधा पाउँछन् । स्थानीय सरकारले घरघरमा चाडपर्व भत्ता वितरण गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।

‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’, रिघाका ९७ वर्षीय पतिराम पुनले भने, ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ ।’

नगरका ११ वटै वडाले घरमै पुगेर भत्ता वितरण सुरु गरेका छन् । दसैँअघि प्राविधिक कारण रकम निकासा नहुँदा रकम वितरणको काम स्थिगित भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  २ : २९ बजे

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल