१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लक्ष्मी पुजाको दियोबाट आगलागी, पाँचलाख बढीको क्षति



नेपालगन्ज । लक्ष्मीको पूजा आराधाना गरि धनधान्य बन्ने आकाँक्षाका साथ लक्ष्मी पूजा गरेका एक जना व्यवसायीको लक्ष्मी पूजाकै दियाबाट आगलागी भएर लाखौंको क्षति पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा रहेको शिव मन्दिरस्थित चन्दा काँदुको घरमा भएको आगलागीबाट १ लाख नगद सहित पाँच लाख बराबरको क्षति भएको प्हरीले जनाएको छ ।

प्हरीका अनुसार काँदुको धम्बोझी स्थित घरमा कोठा भाडामा बस्ने आदित्य बनवारले लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको हो ।

बिहीबार राती साढे ९ बजेतिर शुरु भएको आगलागी नियन्त्रण गर्न बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी सहितको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा परिचालित भएको बाँके प्रहरीले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र तथा जिल्ला प्रहरी कार्यालयको वाटर क्यानन भेइकल र स्थानीय वासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ४३ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर