५ पुस २०८२, शनिबार | December 20, 2025

प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलिकोप्टरबाट उद्धार



खोटाङ । प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन जना महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ । प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका- ५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २४ वर्षीया मेनुका खड्कालाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरेर प्रसूति गृह थापाथली लगिएको हो ।

सामान्यतयाः ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा दीपालाई ३५ हप्तामै सुत्केरी व्यथा लागेकाले अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका डा। नीतु लामाले बताइन् । यस्तै, गर्भ रहेको ३० हप्तामा बच्चा खेल्ने पानीघर फुटेकाले छिटो सुत्केरी व्यथा लाग्ने खतरा देखिएपछि सुनितालाई सुविधा सम्पन्न अस्ताल लैजान रेफर गरिएको हो । बच्चा जन्मिने समय छ दिन पार गरेको, रक्तचापको समस्या देखिएको र बच्चा खेल्ने पानीको मात्रा कम देखिएकाले मेनुकालाई काठमाडौं रेफर गरिएको डा। लामाले बताइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लाबाट एकै दिन तीन जना गर्भवती महिलाको उद्धार गरिएको संभवतः यो पहिलो घटना हो ।

अवस्था गम्भीर भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले पठाएको पत्रअनुसार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टर व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएका थिए । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव वेदनाले छट्पटाइरहेका महिलाको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता