१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पिक मी’बीच बीमा सेवा सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी (Pick Me) बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र पिक मी का अध्यक्ष श्री प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतअनुसार पश्चात पिक मि का चालक र पिक मि प्रयोग गर्ने सबै ग्राहकको १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मी का अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मी का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरे । उनले कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले पिक मी का चालक र ग्राहकलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मी का अध्यक्ष लगायत पिक मी टिमलाई धन्यवाद दिए । उनले पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यसअवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ०८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू