१९ बैशाख २०८१, बुधबार | May 1, 2024

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पिक मी’बीच बीमा सेवा सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी (Pick Me) बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र पिक मी का अध्यक्ष श्री प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतअनुसार पश्चात पिक मि का चालक र पिक मि प्रयोग गर्ने सबै ग्राहकको १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मी का अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मी का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरे । उनले कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले पिक मी का चालक र ग्राहकलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मी का अध्यक्ष लगायत पिक मी टिमलाई धन्यवाद दिए । उनले पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यसअवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ०८ बजे

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश

श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड