४ चैत्र २०८२, बुधबार | March 18, 2026

रोहितलाई कप्तानको जिम्मेवारी



काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ ।

नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

न्यूजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ । आइसीसी टी-२० विश्वकप क्रिकेटपछि कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्यूजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन ।

यस पटक भारतीय टोलीमा वेनकटेस अ‍ैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ । त्यस्तै श्रेयस अ‍ैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन् ।

यस संस्करणको विश्वकपमा उपाधिको दाबेदार मानिएपनि भारतको यात्रा सुपर १२ मा सीमित भएको थियो ।

भारतको टोली –
रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : १४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन