३० चैत्र २०८२, सोमबार | April 13, 2026

एकताबद्ध भएर समृद्धिको यात्रामा लाग्न एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गरेका छन्।

छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बताएका हुन् ।

“एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ । सोही सङ्कल्पअनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व ग¥यो”, उनले सन्देशमा भनेका छन्, “हामीले सिङ्गो देशलाई नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौँ । समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु ।”

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : २५ बजे

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

वार्ता असफल भएपछि इरानलाई ट्रम्पले दिए नयाँ धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण