११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा ४४० कोरोना संक्रमित थपिए, ४७४ संक्रमणमुक्त, ६ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४४० जना संक्रमित थपिएका छन् ।

६ हजार ८१४ जनामा गरिएको परीक्षण मध्ये पीसीआर विधिमार्फत ३८७ जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोनाबाट ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । आज देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ लाख १५ हजार ७५९ जनामा संक्रमण भएको छ । यस्तै एन्टिजेन विधिबाट भएको परीक्षणमार्फत थपिने संक्रमितको संख्या ९४ हजार ९७९ जना पुगेको छ ।

हालसम्म ७ लाख ९६ हजार ७८० निको भएका छन् । ११ हजार ४६० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ५४ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको