१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रहरीसँगको झडपमा ६ वकिल घाइते, बारले शुक्रबार सबै इजलास बहिष्कार गर्ने



काठमाडौं । नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा बारले इजलास बहिष्कारको घोषणा गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच आज झडप हुँदा बार महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको बताइएको छ ।

आफूहरूको प्रदर्शनमा प्रहरीले एक्कासि हस्तक्षेप गरेर माइक खोसेको बारले आरोप लगाएको छ । प्रहरी हस्तक्षेपको विरोधमा शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारको भनाइ छ ।

अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेलगायत विभिन्न माग राखेर चर्का नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र