११ पुस २०८२, शुक्रबार | December 26, 2025

बारले प्रधानन्यायाधीशलाई सर्वोच्चको गेटमै रोक्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा



काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरी सुरक्षा सतर्कता बढाइएको बताए । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो ।

हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइरहेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो । शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए ।

बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : २१ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको