१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रधानन्यायाधीशविरुद्ध एकीकृत समाजवादीले एक्लै नबोल्ने, यस्ता छन् बैठकका थप निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीशका विषयमा एक्लै नबोल्ने जनाएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकले न्यायालयमा जारी विवादका विषयमा गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरू गठबन्धनमा रहेकाले सरकारको एउटै साझा धारणा आउनु पर्ने बताएका छन् । बैठकका निर्णय सुनाउँदै उनले न्यायालयको विवादमा पार्टीको ध्यानाकर्षण भएको अन्य दलसँग छलफल गरिने बताएका छन् ।

यस्तै बैठकले विभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । जसमा मालेबाट आएका कुलप्रसाद फुयाल, शंकर पोखरेल,नीलमणी बराललगायतलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरी सचिवालयमा राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमालेबाट आएका बंशिधर मिश्रलाई स्थायी कमिटीमा लैजाने र तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने पार्टीले निर्णय गरेको छ । मालेबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषदमा र कारीप्रसाद यादवलाई २ नम्बर प्रदेश कमिटीमा मानोनयन गर्ने निर्णय गरेको छ ।

बैठकमा सात वटै प्रदेशका इन्चार्जहरूले रिपोटिङ गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : २५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम