५ पुस २०८२, शनिबार | December 20, 2025

स्कुल बसमा आगलागी



लमजुङ । बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ ।

पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । ल्यान्डस्टारद्वारा संचालित किड जोन मन्टेश्वरीको अगाडि क्षेत्रमा पार्किङमा राखेको बसको इन्जिनबाट आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार बसमा आगो लागेको जानकारी आएपछि प्रहरी खटिएको थियो । प्रहरी, स्थानीय, शिक्षक, अभिभावक, विद्यार्थी मिलेर आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उनका अनुसार सवारी चालकको सिटमुनी इन्जिनबाट एक्कासी आगो निस्केको देखिएको छ । बसको बाहिरी भागमा खासै असर नपरेको देखिए पनि भित्रपट्टी अगाडिको ईन्जिन भएको ठाउँमा क्षति भएको उनले बताए ।

प्रिन्सिपल ईश्वर पौडेलले बसको इन्जिनमा क्षति पुगेको बताए । प्रहरी, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सबै मिलेर आगो निभाएको उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : २० बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय