७ भदौ २०८३, आइतबार | August 24, 2026

चिलिमेको नाफामा ६.०१ प्रतिशतको गिरावट



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पाँच दशमलव ४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १० दशमलव १७ प्रतिशत घटेको छ । तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३७ प्रतिशत घटी हो । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीले नोक्सान व्यहोर्नु परेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १० दशमलव ९० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी दुई रुपैयाँ २८ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : १४ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना