८ चैत्र २०८२, आइतबार | March 22, 2026

लुम्बिनी प्रदेश सरकारले उद्योग क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकासका लागि उद्योग क्षेत्र नै पहिलो अधार भएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले औदोगिम विकासलाई पहिलो प्राथमिकता दिएको बताए ।

उनले लुम्बिनी प्रदेशलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि परेको बताउँदै घरेलु तथा साना उद्योगको क्षेत्रबाटै बहुसख्यक मानिसहरुलाई रोजगारमुखी बनाउन सकिने स्पष्ट पारे । नेपालको विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको बताउँदै उनले त्यसमा नै सबैको ध्यान केन्द्रीत गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यवसायीका लागि प्रदेश बैंक स्थापना गरिएको उल्लेख गर्दै त्यस्ता बैंकबाट सस्तो व्याजमा ऋण प्रदान गर्ने सरकारको तयारी रहेको जानकारी दिए । घरेलु उद्योगबाट आम मानिसलाई समृद्ध गर्ने तर्फ सबैले ध्यान जानु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ३६ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड