१ पुस २०८२, मंगलबार | December 17, 2025

नेपाल बन्दले सुनसान बनेको बुटवल (फोटो फिचर)



बुटवल । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बुटवलमा बिहनै देखि प्रभाव देखिएको छ । बन्दका कारण आज बुटवलबाट छुट्ने कुनै पनि लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन छुट्नन् भने हरेक दिन गुडने मालबाहक टिप्पर र ट्रकहरुले पनि लोड भरेनन् ।

यातायात सम्बद्ध व्यवसायीहरुको संस्थाहरुले आज क्यु सिट (आलोपालो सूची) नै निकालेनन् । बिद्यालयहरु पनि बन्द हुनुका साथै बजारका पसलहरु पनि यो समाचार तयार पार्दा सम्म खुलेका छैनन् । बुटवलको भित्री सडकहरुमा भने फाटफुट पसलहरु खुलेका छन् भने अटो रिक्साहरु पातलो गुडेका छन् । बन्दको समर्थन भन्दा पनि लामो समय पछि बन्द भएकाले पनि एकदिनलाई बन्द गरिदिएको भुड्की चोक नजिकैका एक व्यवसायीले बताए ।

कोरोनाको लामो संकटपछि थोरै गति लिन थालेको व्यवसायलाई पुनः बन्द गराएर बन्द आह्वान कर्ताले गलत गरेको अमरपथका अर्का व्यापारीले बताए । बन्दलाई लिएर बुटवलका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि बिबिध प्रतिक्रिया व्यक्त गरेका छन् । अधिकांस सञ्जाल प्रयोगकर्ताले पेट्रोलमा ३ रुपैयाँ मुल्य बढ्दा बन्द गर्नेहरुले खाने तेलमा सत प्रतिशत मुल्य बढाउँदा मौन बसेको प्रति प्रतिक्रिया दिएका छन् ।

बन्द नहुँदा २४ सै घण्टा धुलाम्मे हुने बुटवलको मुल सडक सवारी नगुडेपछि स्वच्छ र सफा देखिएको लुम्बिनी प्रादेशिक अस्पताल अगाडि हिँड्दै गरेका एक बटुवाले बताए ।

पेट्रोल र ग्यासको मुल्य बृद्दी गरेको नेपाल आयल निगमको निर्णयका विरुद्ध नेकपाले बन्द आह्वान गरेको हो । बन्द सफल पार्न मुलुकका धेरै स्थानमा बन्दको पूर्व संध्यामा विप्लवका कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष