२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



हेटौंडा । बोलेरोले ठक्कर दिँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ हनुमानगेटमा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा भैंसी बोकेको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मकवानपुरको कैलाश गाउँपालिका-४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरोले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : १० बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान