६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा प्रतिबन्धित रेडबुल छ्यापछ्याप्ती, बुधबार ९ लाख बढी मुल्यको रेडबुल सहित अबैध सामान प्रहरी नियन्त्रणमा



बुटवल । बुटवलका थोक ब्यापारी गोपाल सिद्ध किराना स्टोर्सबाट ठुलो परिमाणमा प्रतिबन्धित रेडबुल बरामद गरेको २ दिन पछि रुपन्देही प्रहरीले भारतबाट ल्याउँदै गरेको ठुलै परिमाणको रेडबुल सहित लाखौको बिना भन्सारको सामान बरामद गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ९ लाख ३२ बजार बढीको रेडबुल सहितको सामाग्री प्रहरीले बरामद गरेको हो । ९५ पेटी रेडबुल, ५०० केजी चिनी, ५५ जोर लेडिज सेण्डल, लत्ताकपडा तथा दैनिक उपभोग्य सामाग्री बरामद भएको रुपन्देही प्रहरीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए ।

चन्दका अनुसार रेडबुल नेपाल भित्राउने स्याङ्जा घर भई सिद्धार्थनगर ४ बस्दै आएका प्रकाश रेग्मी पक्राउमा परेका छन् भने चिनी ल्याउँदै गरेको मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ । बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालय पठाईएको प्रहरी निरिक्षक चन्दले बताए ।

यस्तो छ प्रहरीको विज्ञप्ति :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/अवैधसामान-बरामद.pdf” title=”अवैधसामान बरामद”]

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : १३ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन