२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देहीमा प्रतिबन्धित रेडबुल छ्यापछ्याप्ती, बुधबार ९ लाख बढी मुल्यको रेडबुल सहित अबैध सामान प्रहरी नियन्त्रणमा



बुटवल । बुटवलका थोक ब्यापारी गोपाल सिद्ध किराना स्टोर्सबाट ठुलो परिमाणमा प्रतिबन्धित रेडबुल बरामद गरेको २ दिन पछि रुपन्देही प्रहरीले भारतबाट ल्याउँदै गरेको ठुलै परिमाणको रेडबुल सहित लाखौको बिना भन्सारको सामान बरामद गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ९ लाख ३२ बजार बढीको रेडबुल सहितको सामाग्री प्रहरीले बरामद गरेको हो । ९५ पेटी रेडबुल, ५०० केजी चिनी, ५५ जोर लेडिज सेण्डल, लत्ताकपडा तथा दैनिक उपभोग्य सामाग्री बरामद भएको रुपन्देही प्रहरीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए ।

चन्दका अनुसार रेडबुल नेपाल भित्राउने स्याङ्जा घर भई सिद्धार्थनगर ४ बस्दै आएका प्रकाश रेग्मी पक्राउमा परेका छन् भने चिनी ल्याउँदै गरेको मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ । बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालय पठाईएको प्रहरी निरिक्षक चन्दले बताए ।

यस्तो छ प्रहरीको विज्ञप्ति :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/अवैधसामान-बरामद.pdf” title=”अवैधसामान बरामद”]

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : १३ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३