११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

नेपाली काँग्रेस १४ औ महाधिवेशन :  नेपालगन्ज नगर सभापतिमा देउवा प्यानलका प्रशान्तसँग उपमेयर उमा थापा मगर पराजित



नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा चर्चामा रहेकी नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापालाई भारी मतले हराउँदै नगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन् । नगर समितिका लागि भएको निर्वाचनमा थापाले प्राप्त गरेको ७६ मतको विरुद्ध विष्टले २४३ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।

नेपालगन्जमा देउवा र पौडेल पक्षबाट छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी परेकोमा देउवा पक्षको प्यानल नै विजयी भएको छ । उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उपमेयर थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेका थिए ।

नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो । उक्त निर्वाचनमा संस्थापन पक्ष९देउवा पक्ष०ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडी बढाएको थियो, भने संस्थापन पक्षकै रिजालले पनि आफ्नो प्यानल खडा गरेका थिए । संस्थापन इतर पक्षबाट थापाले आफ्नो प्यानल बनाएकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : १५ बजे

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकों मूल्य घटेको छ

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट