१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रोल्पा बस दुर्घटनामा परी मृतकहरुप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा शोक व्यक्त



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले रोल्पाको तार्केबाङमा भएको वस दुर्घटनामा परी जीवन गुमाउने मृत्यकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मुख्यमन्त्री केसीले शुक्रबार एक शोक वक्तव्य प्रकाशित गर्दै गर्दै घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

वक्तव्यमा रोल्पामा भएको घटनाले प्रदेश सरकारलाई निकै दुखित र मर्माहत बनाएको जनाउँदै मृतकहरुप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘स्वर्गिय मृतआत्माको चीरशान्तिको कामनासहित दुःखको यस घडीमा सम्पूर्ण मृतकका शोकाकुल परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्दछु ।’ वक्तव्यमा लेखिएको छ,-‘साथै सोही दुर्घटनामा परी गम्भीर घाईते हुनुभएका सम्पूर्ण घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

विहिबार साँझ करिव ५ः३० बजे माडी गाउँपालिका वडा नं. ४ तार्केबाङमा दाङ घोराहीबाट पूर्वी रुकुम जादै गरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस सवारी दुर्घटनामा परी चालक परिवर्तन गाउँपालिका वडा नं. ५ राङ्कोट निवासी ४० वर्षीय वीरमान पुनमगर, परिवर्तन गाउँपालिका वडा नं. ६ भनभने निवासी ५० वर्षिय कुमार पुनमगर, परिवर्तन गाउँपालिका १ कुरेली निवासी २९ बर्षीय दिपक रोका र त्रिवेणी गाउँपालिका वडा नं. ४ सिमपानी निवासी १८ वर्षिय पुष्पा घर्तीमगरको मृत्यु भएको थियो ।

मुख्यमन्त्री केसीले रौलपा क्षेत्रमा निरन्तर घटना घट्नुको कारण खोजेर न्यूनिरणका लागि प्रयास गर्नका लागि सबैलाई अपिल गर्दै घाइतेहरुलाई तत्कालै उपचार गर्ने स्वास्थ्यकर्मी, उद्धार कार्यमा सहयोग गर्ने सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी लगायत सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ४४ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड