१७ माघ २०८२, शनिबार | January 31, 2026

न्युजिल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई



काठमाडौं । पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ ।

लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । राहुलले ६५ तथा शर्माले ५५ रन बनाए ।

यस्तै भेन्कातेस आयरले अविजित १२ रन जोड्दा ऋषव पन्तले अविजित १२ रन बनाए । सूर्यकुमार यादव १ रनमा आउट भए । न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गुप्टिल र मिचेलले समान ३१/३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।

भारतका हर्सल पटेलले दुई विकेट लिए । भुवनेश्वर कुमार,रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १-१ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा भारतले २-० को अग्रतासमेत बनाएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ०७ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले