९ भदौ २०८३, मंगलबार | August 25, 2026

सहकार्यमा सरकार चलाउने भनिएको हो, आलोपालोको छलफल भएको छैन : मुख्यमन्त्री केसी



पाल्पा । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकांक्षा पूरा गर्ने बताएका छन् । प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने मुख्यमन्त्री केसीले दाबी समेत गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले चारदेखि छ महिनामा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने दाबी गरे । ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी काम अघि बढेको छ’ उनले भने ।

उनले प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकतामा आधारमा बजेट बनाएको बताए । मुख्यमन्त्री केसीले प्रदेश सरकारले विपद्बाट क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति दिने र बाढी पहिरोबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिए ।

मन्त्री केसीले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपका लागि सरकारले पहल गरिरहेको जनाए । ‘केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ,’ मुख्यमन्त्री केसीले भने ।

विपक्षी दलले संसद्मा गरेको अबरोधलाई असान्दर्भिक र लोकतन्त्र बिरोधी कार्य भएको बताउँदै मुख्यमन्त्री केसीले संसद् विपक्षीले आफ्नो मत राख्ने स्थल भएपनि आफैँले संसद् अबरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भनेपनि संसद्मा लगातार गरेको अबरोधले उसको भनाइ र गराइमा तादाम्यता नमिलेको मुख्यमन्त्री केसीको भनाई छ ।

उनले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै संसद्को अबरोध गर्नबाट पछि हट्नेमा विस्वास व्यक्त गरे । सरकार आलोपालो चलाउने विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भएपनि समयाबधिको विषयमा छलफल नभएको जिकिर गरे । ‘पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो,’ उनले भने,-‘कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन ।’

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : २० बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी