३ पुस २०८२, बिहिबार | December 19, 2025

सहकार्यमा सरकार चलाउने भनिएको हो, आलोपालोको छलफल भएको छैन : मुख्यमन्त्री केसी



पाल्पा । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकांक्षा पूरा गर्ने बताएका छन् । प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने मुख्यमन्त्री केसीले दाबी समेत गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले चारदेखि छ महिनामा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने दाबी गरे । ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी काम अघि बढेको छ’ उनले भने ।

उनले प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकतामा आधारमा बजेट बनाएको बताए । मुख्यमन्त्री केसीले प्रदेश सरकारले विपद्बाट क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति दिने र बाढी पहिरोबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिए ।

मन्त्री केसीले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपका लागि सरकारले पहल गरिरहेको जनाए । ‘केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ,’ मुख्यमन्त्री केसीले भने ।

विपक्षी दलले संसद्मा गरेको अबरोधलाई असान्दर्भिक र लोकतन्त्र बिरोधी कार्य भएको बताउँदै मुख्यमन्त्री केसीले संसद् विपक्षीले आफ्नो मत राख्ने स्थल भएपनि आफैँले संसद् अबरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भनेपनि संसद्मा लगातार गरेको अबरोधले उसको भनाइ र गराइमा तादाम्यता नमिलेको मुख्यमन्त्री केसीको भनाई छ ।

उनले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै संसद्को अबरोध गर्नबाट पछि हट्नेमा विस्वास व्यक्त गरे । सरकार आलोपालो चलाउने विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भएपनि समयाबधिको विषयमा छलफल नभएको जिकिर गरे । ‘पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो,’ उनले भने,-‘कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन ।’

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : २० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको