१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

चितवनमा मंसिर ११ गते महाधिवेशन प्रतिनिधिहरुलाई एमाले अध्यक्ष ओलीले रात्रिभोज दिने



काठमाडौं । एमालेको दसौँ महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् ।

ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ । महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्ररूपमा अगाडि बढाइरहेको उनले बताए ।

महाधिवेशनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको बताए ।

जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध समितिको संयोजकमा कृष्ण भुर्तेल रहेका छन् ।

आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ ९जेएन० थपलियाले आर्थिक प्रबन्ध समितिलाई पूर्णता दिएर व्यवस्थित ढङ्गले योजना बनाउँदै अगाडि बढेको बताए । थपलियाका अनुसार पार्टी पङ्क्तिभित्र र पार्टीका शुभेच्छुकहरुसँग मात्रै आर्थिक संकलन गर्नेगरी काम भइरहेको छ ।

कार्यालय समन्वय समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले समितिलाई आज पूर्णता दिइने बताए ।

पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुलाई बेलुकाको खाना उनीहरु बस्ने होटेलमा नै र बिहानको खाना बन्दसत्र स्थल होटेल सेभन स्टार सौराहामा हुँदैछ ।

प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेषण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थानको काम गरिरहेको समितिका सचिव तिलकराम रिमालले बताए ।

जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको भन्दै सचिव रिमालले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने बताए । समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पुर्‍याउने काम गरिरहेको भन्दै माइकिङको समेत तयारी भइरहेको रिमालले बताए ।

जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएको बताए । महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरुमा समन्वय गरिरहेको ज्ञवालीको भनाइ छ ।

नेकपा एमालेको महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए ।

महाधिवेशनमा व्यापकरूपमा जनसहभागिता गराउँदै उद्घाटनस्थलमा जनसागर उतार्नका लागि पालिका र वडाको कमिटीसँग समन्वय भइरहेको भुर्तेलले जानकारी दिए । महाविधेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको भुर्तेलले बताए ।

चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने भन्दै भुर्तेलले केन्द्रीय बसपार्क, बागिश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ गर्नेगरी काम भइरहेको उल्लेख गरे ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटेल सेभेन स्टारमा हुनेगरी तयारीको काम अगाडि बढिरहेको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : २१ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट