७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

२४ घण्टामा ३८५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुनेदर ९७ दशमलव ७ प्रतिशत रहेको छ । आज देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : १७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल