११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ओलीको दाबी : तीनै तहको चुनावमा एमाले अत्याधिक बहुमत ल्याउँछ



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारी सुरु भएको बताएका छन् ।

पार्टीको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदै गरेको चुनावहरुको तयारी सुरु भैसकेको बताएका हुन् ।

ओलीले आगामी चुनावमा नेकपा एमालेलाई दुई तिहाई बुहमत दिलाउने गरी तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री देउवालाई हेर्दै आउने चुनावमा एमालेले जित्ने दाबी गरे । स्थानीय चुनावमा ५० प्रतिशत बढी जित्ने उनले प्रक्षेपण गरे । उनले फागुनसम्म पार्टी प्रवेश कार्यक्रम चल्ने घोषणा गरे । देशभरबाट लाखौं जनता एमालेको झण्डामुनि गोलबन्द बन्ने उनले दाबी गरे ।

ओलीले देशको समृद्धि र विकासका लागि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताए । एमाले पार्टीको लागि मात्र नभै सिंगो देशका लागि एमालेले जित्नुपर्ने धारणा राखे ।

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ । परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं । चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने ।

ओलीले आफ्नो सरकारले देश विकासका लागि धेरै काम गरेको दाबी गरे । उनले अन्तरिक्षसम्म आफुले सेटेलाइट पठाएको बताए । अन्तरिक्षमा आफ्नो स्थान बनाएको भन्दै उनले गर्व गरे । ‘अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी पेश गरेको छ’, उनले भने ।

अध्यक्ष ओलीले देशमा अब हत्या र हिंसाको अवस्था सकिएको दाबी गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ३३ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको