२२ असार २०८३, सोमबार | July 6, 2026

ओलीको दाबी : तीनै तहको चुनावमा एमाले अत्याधिक बहुमत ल्याउँछ



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारी सुरु भएको बताएका छन् ।

पार्टीको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदै गरेको चुनावहरुको तयारी सुरु भैसकेको बताएका हुन् ।

ओलीले आगामी चुनावमा नेकपा एमालेलाई दुई तिहाई बुहमत दिलाउने गरी तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री देउवालाई हेर्दै आउने चुनावमा एमालेले जित्ने दाबी गरे । स्थानीय चुनावमा ५० प्रतिशत बढी जित्ने उनले प्रक्षेपण गरे । उनले फागुनसम्म पार्टी प्रवेश कार्यक्रम चल्ने घोषणा गरे । देशभरबाट लाखौं जनता एमालेको झण्डामुनि गोलबन्द बन्ने उनले दाबी गरे ।

ओलीले देशको समृद्धि र विकासका लागि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताए । एमाले पार्टीको लागि मात्र नभै सिंगो देशका लागि एमालेले जित्नुपर्ने धारणा राखे ।

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ । परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं । चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने ।

ओलीले आफ्नो सरकारले देश विकासका लागि धेरै काम गरेको दाबी गरे । उनले अन्तरिक्षसम्म आफुले सेटेलाइट पठाएको बताए । अन्तरिक्षमा आफ्नो स्थान बनाएको भन्दै उनले गर्व गरे । ‘अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी पेश गरेको छ’, उनले भने ।

अध्यक्ष ओलीले देशमा अब हत्या र हिंसाको अवस्था सकिएको दाबी गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ३३ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’