४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज माओवादी केन्द्रले ७५३ पालिकामा पालिका सम्मेलन गर्दै



काठमाडौं । आज नेकपा माओवादी केन्द्रले देशका ७५३ पालिकाहरुमा एकैपटक पालिका सम्मेलन गर्दैछ । सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस र प्रमुख विपक्षी दल एमालेले महाधिवेशनमा जुटिरहेका बेला माओवादी केन्द्र पनि आफ्नो राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा जुटेको हो ।

अघिल्लो हप्ता वडा अधिवेशन सकेको माओवादीले आज पालिका अधिवेशन सम्पन्न गर्ने जनाएको छ । माओवादी केन्द्रले नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । पालिका अधिवेशन सहित माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि सम्पन्न हुने माओवादीले जनाएको छ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष ‘प्रचण्डले आज अपराह्न १ बजे ‘भर्चुअल’ माध्यमबाट उदघाटन सहित सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पालिका सम्मेलनबाट पालिका स्तरिय कमिटी सहित सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले देशैभर २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने कार्यक्रम तय गरेको छ ।

माओवादीले ११–१३ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । फुटेर गएका माओवादी घटकहरुसँग एकताको प्रयासमा जुटेको माओवादीको एकता भएको अवस्थामा राष्ट्रिय सम्मेलनलाई एकता महाधिवेशन समेत हुन सक्ने माओवादीका एक नेताले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०२ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा