२२ असार २०८३, सोमबार | July 6, 2026

आज माओवादी केन्द्रले ७५३ पालिकामा पालिका सम्मेलन गर्दै



काठमाडौं । आज नेकपा माओवादी केन्द्रले देशका ७५३ पालिकाहरुमा एकैपटक पालिका सम्मेलन गर्दैछ । सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस र प्रमुख विपक्षी दल एमालेले महाधिवेशनमा जुटिरहेका बेला माओवादी केन्द्र पनि आफ्नो राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा जुटेको हो ।

अघिल्लो हप्ता वडा अधिवेशन सकेको माओवादीले आज पालिका अधिवेशन सम्पन्न गर्ने जनाएको छ । माओवादी केन्द्रले नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । पालिका अधिवेशन सहित माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि सम्पन्न हुने माओवादीले जनाएको छ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष ‘प्रचण्डले आज अपराह्न १ बजे ‘भर्चुअल’ माध्यमबाट उदघाटन सहित सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पालिका सम्मेलनबाट पालिका स्तरिय कमिटी सहित सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले देशैभर २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने कार्यक्रम तय गरेको छ ।

माओवादीले ११–१३ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । फुटेर गएका माओवादी घटकहरुसँग एकताको प्रयासमा जुटेको माओवादीको एकता भएको अवस्थामा राष्ट्रिय सम्मेलनलाई एकता महाधिवेशन समेत हुन सक्ने माओवादीका एक नेताले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०२ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’