२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्ने छैन : भीम रावल



चितवन । नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै रावलले पार्टी महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका हुन् ।

‘सहमति गर्नुपर्छ भन्ने ठिक छ । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति होला । उम्मेदवारी दिएन भने त सर्वसम्मत भइहाल्यो नी,’ उनले भने, ‘विधान विपरित कुनै काम हुन सक्दैन । कि त अब उपरान्त निर्वाचन हुनेछैन भनेर लेख्नुपर्‍यो ।’

निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्नु गलत रहेको रावलले बताए । समन्वय कमिटी बाहेक सबैमा निर्वाचन हुने विधानमा व्यवस्था रहेकाले पार्टी विधान अनुसार चल्नुपर्ने उनले बताए ।

उनले आफूले कुनै पनि हालतमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले आफू बाहेक अन्य नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२