१ कार्तिक २०८३, आइतबार | October 18, 2026

भीम रावलका समर्थकद्वारा बन्दसत्र हल बाहिर पर्चा वितरण, स्वयंसेवकद्वारा अवरोध



सौराहा । एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्न खोजेका भीम रावलका समर्थकहरुले उनको पक्षमा पर्चा वितरण गरेका छन् ।

बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ । महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।

पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । सोही कारण देखाउँदै स्वयं सेवकहरुले भने पर्चा वितरणमा रोक लगाएका छन् ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, रावलले अध्यक्षमा उठ्ने बताएपनि अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन ।

अध्यक्ष केपी ओली भने सर्वसम्मतिका नाममा एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ४२ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल