८ बैशाख २०८१, शनिबार | April 20, 2024

मेचि-महाकाली साईकलयात्रीलाई बुटवलमा स्वागत



बुटवल । मेची-महाकाली यात्रामा निस्किएका बुबाछोरा साईकिलेलाई बुटवलमा स्वागत तथा सम्मान गरिएको छ ।

बुबा दिपकराज भट्ट र ११ वर्षिय छोरा रमित भट्ट र सहयोगी विवेक लामालाई हौसला बढाउन बुटवलका साईक्लिङ क्लबहरुका पदाधिकारी, सदस्यहरुले खादा लगाएर स्वागत सम्मान गरेका हुन ।

महेन्द्रनगर बेलौरी नगरपालिका वडा नं ६ कंचलपुर स्थाई घर भएका भएका दिपकराज भट्ट र उनको छोराले मंसिर ४ गते मेची पुलबाट यात्रा शुरु गरेका हुन । करीब १ हजार २४ किलोमिटर दुरीको लक्ष्य रहेको यात्रामध्ये आईतबारसम्म ६ सय ८० किलोमिटर पुरा गरेको उनले बताए । महेन्द्रनगर महाकाली पुलमा समापन गर्ने उनले बताए ।

शनिबार दिउसो बुटवल आईपुगेका उनिहरुलाई जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्यहरु दिपक कार्की, रेशम रेग्मी, गोबिन्द ओली, उत्कृष्ट श्रेष्ठ, ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठ, मछिन्द्र श्रेष्ठ, सागर पौडेल, मनिक श्रेष्ठले यात्राको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : २५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल