२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

साईक्लिङलाई पर्यटनमा जोड्न आह्वान गर्दै बुटवलमा साईकल र्याली



बुटवल । नयाँवर्षको स्वागत संगै पर्यटन प्रवर्द्धनका लागि भन्दै बुटवलमा साईकल र्याली गरिएको छ । युनाईटेड साईक्लिङ क्लबको आयोजना र भाना प्लसको नेपालको आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिको प्रायोजनमा आज बुटवलमा साईकल र्याली गरिएको हो ।

र्यालीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले साईकल चलाएर शुभारम्भ गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले पर्यटन प्रवद्र्धनमा साईक्लिङलाई जोडेर लैजानुपर्ने बताए । उनले सुन्दर पर्यावरण र स्वास्थ जिवनयापनका लागि साईकल यात्रा महत्वपूर्ण रहेको उल्लेख गर्दै तिलोत्तमाले नयाँ बन्ने सडकहरुमा साईकल लेनको अवधारणा ल्याएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले तराईका मानिसहरुको दैनिकजीविकामा साईकल महत्वपूर्ण पाटो भएको बताए । उनले पर्यटन विकासमा साईक्लिङको भुमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा भाना प्लसको नेपालका लागि आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिका बजार प्रमुख महेन्द्र ढकालले ब्यवसाय सँगै आफुहरु सामाजिक योगदानमा लागेको बताए । विगतबाट नै रक्तदान, विभिन्न पर्वहरुमा सहयोगका साथै अन्य धेरै सामाजिक कार्यमा स्थानिय क्लबहरुसंग सहकार्य गर्दै आएको उनले बताए ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले स्थानिय साईक्लिष्ट र साईक्लिङ क्लबहरुको सहकार्यमा विभिन्न समयमा नमुना र सन्देशमुलक कार्य गर्दै आएको बताए । आगामी दिनहरुमा समेत सामाजिक उत्तरदायित्व बहन हुनेगरि रचनात्मक र सहयोग जुटाउने गरि कार्यक्रम गर्ने उनले बताए ।

कार्यक्रममा श्री नं २२ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी खेमराज शर्मा, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, साईकल सिटी बुटवलका कोषाध्यक्ष बिमल बस्नेत, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष चन्द्र सुवेदी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठलगायतले नया वर्षमा स्वस्थ्य र साईकलसंग जोडेर नया सन्देश दिने गरि कार्यक्रम गरिएको बताए । उनीहरुले बुद्धजन्मस्थल लुम्बिनीको पर्यटनमा टेवा मिल्ने गरि साईकललाई जोडेर ३ तहकै सरकारले आवश्यक योजना ल्याउनुपर्ने सुझाव दिए ।

साईकल रयालीमा तिलोत्तमा नगरपालिका–४ का क्यान्सरको दीर्घरोगसंग लड्दै गरेका एचबी बर्मासमेत सहभागी भएका थिए । ६१ वर्षिय साईकल अभियन्ता बर्मा क्यान्सर रोगबारे सचेतना जगाउन महाकाली मेची साइकल यात्रामा बैशाख २८ गते हिड्दैछन । समयमा उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ भन्ने जागरण लिएर यात्रा गर्न लागेको उनले बताए ।

रयालीमा बुटवल, भैरहवा, सैनामैना, नवलपरासी लगायतका ८० बढी साईक्लिष्टहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ५१ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो