२२ असार २०८३, सोमबार | July 6, 2026

कांग्रेस वडा अधिवेशन : मन्त्री विवाद गर्ने, पिएसओ गोली चलाउने १



सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका-९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।

आइतवार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फाएर गरेको श्रोतले जनाएको छ ।

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए । लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके । त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढएको आरोप लगाउदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसगैँ गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसगै‌ रहेका पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन् । त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।

भडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ । सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ ।

मन्त्री सिंहका पिएसओले गत २ मंसिरमा पार्टी कार्यलयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए । त्यसवेला समेत आक्रोसित नेताकार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पिएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए । अहिले घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी माधव प्रसाद बुडाथाकीले जानकारी दिए । डिएसपी बुडाथोकीले भने सामान्य वादविवाद मात्र भएको दाबी गरे ।

यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले आफुखुसी मतदानस्थल कब्जा गर्न खोजेको आरोप लगाएका छन् । आफुलाई मतदान स्थलमा प्रवेश समेत नदिएको उनले बताए । आक्रमणबाट आफुसँगै गएका एक जना सहयोगीको हात भाचिएको र पिएसओको टाउकोमा चोट लागेको उनको दाबी छ ।

निर्वाचन प्रकृया अगाडि बढउन नपाएको बलरा नगारपालिका-९ को अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । जिल्लाका एक दर्जन वडामा सर्वसहमतिको अवस्था नभएपछि मतदानको प्रकृया सुरु गरिएको र अन्य स्थानमा शान्तिपूर्ण ढंगले अधिवेशन भइरहेको मतदान अधिकृत राउतले बताए ।

प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराब छ । जिल्ला अधिवेशनका दुबै नेता जिल्ला सभापतिको उमेद्वार छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ३६ बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी