२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

चेल्सी, सिटी र लिभरपुलको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् । राति भएको १४ औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २-१ अन्तरले पराजित गर्‍यो । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३ औँ मिनेटमा सान्त्वना गोल गरे ।

अर्को खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७ औँ र बर्नाण्डो सिल्भाले ४३ औँ मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

लिभरपुलले घरेलु टोली एभर्टनलाई २-१ ले पराजित गर्‍यो । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १-१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो ।

खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २१ बजे

एक सय आठ स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८

नेकपा संयोजक प्रचण्ड भारी मतान्तरका साथ निर्वाचित

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का