१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान, थापा-लिङ्देन प्यानलसहित चुनावी मैदानमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना सदस्य चुन्नका लागि निर्वाचन गर्न लागेको हो ।

१ सय ९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनीत हुन्छन् । राप्रपाले जारी महाधिवेशनबाटै ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी संशोधित विधान अनुमोदन गरेको छ।

राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकोमा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपाको जारी एकता महाधिवेशनबाट भइरहेको नेतृत्व चयनको प्रक्रियालाई राजनीतिक वृत्तबाट चासोका साथ हेरिएको छ । बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्नेगरी चुनावी प्रक्रिया अघि बढेको हो ।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार छन् । तर थापाले उपाध्यक्ष राखेका विक्रम पाण्डे भने लिङ्देनतर्फ खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारमा उभिएका छन् । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार रहेका छन् ।

त्यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा विक्रम पाण्डेलाई नै राखेका छन् । उनी लिङ्देनतर्फ खुलेपछि थापालाई त्यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । लिङ्देनतर्फबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । त्यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन् ।

राप्रपाको विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी सय जना भने पुरुष हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना ९८ पुरुष र ६ महिला०, मधेसी ११ जना ९६ पुरुष, ५ महिला०, उत्पीडित तीन जना ९दुई पुरुष एक महिला०, कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना ९एक महिला एक पुरुष० मुस्लिम तीन जना ९दुई पुरुष एक महिला०, थारु दुई जना ९एक पुरुष एक महिला० र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १८ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति