६ श्रावण २०८३, बुधबार | July 22, 2026

भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणको जुत्ता रुपन्देही प्रहरीबाट बरामद



बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणको जुत्ता बरामद गरेको छ । आईतबार बिहान बुटवल उपमहानगरपालिका २ तिनाउ पुलबाट प्रहरीले १८ लाख मुल्य बराबरको जुत्ता बुरामद गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा परिचालन गरिएको प्रहरीले तिनाउ पुलमा चेकजाँच गर्ने क्रममा लु १ च ८२१३ नम्बरको बोलेरो जीपमा जुत्ता लोड गरेर बुटवल तर्फ ल्याइँदै गरेको अवस्थामा फेला पारेको रुपन्देही प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । चेकजाँचका क्रममा जुत्ताको बिल बिजक तथा भन्सार कागज समेत नभेटिएपछि प्रहरीले जीपका चालक सैनामैना ४ मुर्गियाका विष्णु थारुलाई समेत पक्राउ गरिएको उनले बताए ।

प्रहरीका अनुसार सो जीपमा बाटा कम्पनीको भारतीय ट्रेडमार्क सहितको २५ कार्टुन ७५० जोर अन्दाजी मुल्य १८ लाख बराबरको जुत्ताहरु फेला परेको थियो । पक्राउ परेका चालक, सवारी साधन र जुत्ता समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : १४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना