२२ भदौ २०८३, सोमबार | September 8, 2026

प्रदेशवासीको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीलाइ समृद्ध बनाउनको जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग सिष्टाचार भेटघाटको क्रममा बोल्दै मुख्यमन्त्री केसीले दातृ निकायबाट पनि प्रदेश सरकारले प्रदेशवासीको स्वास्थ्य र शिक्षामा सहयोगको अपेक्षा गरेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै नागरिकले युकेमा रोजगार एवं बसोबास गरिरहको उल्लेख गर्दै ती नागरिकको लागि सकरात्मक कार्य गरी दिन डाइरेक्टर बेनलाई आग्रह गरे । उनले प्रदेश सरकार सधै यूकेका नागरिक र सरकारसँग सकरात्मक समन्धको अपेक्षा गरेको समेत बताए ।

उनले लुम्बिनी प्रदेशमा स्वास्थ्य, शिक्षा, जलवायू, शुसासनलाई बढी ध्यान दिएर अगाडि बढाउनु पर्ने आवश्यकता रहेको औंल्याउँदै ती क्षेत्रको विकासका लागि प्रदेश सरकारको नीति र आचार संहितामा रहेर युके सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

भेटको क्रममा यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेनले मुख्यमन्त्रीले राखेको प्रस्तावमा शिक्षा, स्वास्थ्य, जलवायू, शान्ति सुरक्षा लगायतको विषयमा सहयोग र सहकार्य गरी अगाडि बढ्नका लागि सरकारसँग छलफल गरी टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । बेनले प्रदेश सरकारसँग हातेमालो गरी प्रदेशको विकासमा सहयोग र सहकार्यताका लागि आफूहरु सधै खुला रहेको बताए ।

उनले जितगढी किल्लामा भएको नेपाल अंग्रेज युद्धको प्रसंग स्मरण गर्दै आफ्नो पराजयको क्षेत्र भए पनि पछिल्ला चरणमा निकै आत्मीयता पूर्वक नेपाल सरकारसँग काम भइरहेको बताए ।

भेटगाटमा यूके डेलिगेट्सका इन्डो पेसिविक उप निर्देशक क्यामिला सुग्देन, यूके एड नेपालका निर्देशक नालानेल बेवेन र बुटवल पिसी यू प्रमुख सन्तोष खतिवडा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार