२२ असार २०८३, सोमबार | July 7, 2026

कांग्रेस १४ औँ महाधिवेशन : सभापतिमा साझा उम्मेदवार टुंग्याउन संस्थापनइतरको दौडधुप, आज पनि बैठक बस्दै



काठमाडौं । १४ औँ महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन धमाधम आन्तरिक बैठक बस्न थालेका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ ।

पछिल्लो तीन दिनदेखि औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकिएको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने दाबी गरे । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ । सबै कोणबाट छलफल गर्यौं । बुधबार साँझसम्म निर्णयमा पुग्छौँ ।’

संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : १४ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ