२४ मंसिर २०८०, आइतबार | December 10, 2023

सिरहामा वेवारिसे अवस्थामा नवजात शिशु फेला



सिरहा । पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । ‘बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।

शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ०० बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट

यू-१९ एशिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक