७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

प्रणयिनी (भाग-६)



आँशुको कुलो,आगनमा :

हामी हाम्रो घरको आगनमा जसै पुग्यौं, मित काकाले मेरो ससुरालाई चिनेर खुट्टामै दण्डवत गरे । बादलबीचको घाम जस्तै उहाँको बुखबाट खुलेको शब्दवाणी–“के छ मानबहादुर बाबु सञ्चै छौ ?ऊ… बुहारी र नाति पनि आइपुगे । तर.. ”(हामीतिर आँखा घुमाउदै) । काकाले खण्डग्रास मुख पार्दै जवाफ दिए–“सञ्चैछु दाजु ।߅”

हामीले दैलेख बजारमा पानी आउने मुहानबाट पानी हैन,आँशुको कुलो ल्याएका थियौं । उहाँको दृष्टि मतिर केन्द्रित भएपछि तुरुन्तै चेहरामा कालो बादल मडारिन थाल्यो ।

कथाकार

ससुराले भृकुटीमा गाँठो पार्दै भन्नु भयो –“तर तिमीहरुको मलिनताले त आँशु बोकेर आए जस्तो छ नि ? के कुरा छ बुहारी ?”भन्नु भयो । अनि बाबु आफना बाजे बज्यैलाई अँगालो मार्न गयो । मलाई मैले नसोधेको काकाको नाम बल्ल थाहा भयो । उनी मेरा बा र ससुरा बासंग राम्रै परिचित रहेछन । उनको नाम मानबहादुर रहेछ ।

अन्य समयमा भएको भए यस्तो पुनरमिलनमा खुशीको उन्माद हाँस्थ्यो । तर रोदनको आहाल हामीले ल्याएका थियौं हामी सबैलाई डुबाउनें । मैले आँखाबाट आँशु बर्षाउदै बिषादको भारी बिसाएँ–

“बुआ… हाम्रो संसार लुटियो । स्कूलसंग मागेको पाँच लाख चन्दा रोकेको र उनीहरुले छुटाएको पानीको पाइप जोडेको रिस अनि “ क्रान्ति गरेको भन्नेहरुले जन्तालाई नै सताएर जतासुकै त्राही त्राही पारेर कस्तो शासन गर्न खोजेको हो?भन्नु भएपछि”मुख लागेको रिसमा उहाँलाई स्कूलबाटै बानेर लगेपछि .. बुवा….रानीवनको जङ्गलमा …बुवा…भन्दाभन्दै मेरो गला अवरुद्ध भयो । त्यसपछि …
…त्यसपछि.. निधारभरि कालो बादल थुपार्र्दै, मानबहादुर मितकाका–“हो दाजु । रानीवनको जङ्गलउदो लिकन कुटिकुटि अध मर्दो पारिकन खाल्टो खनिकन जिउँदै पु¥याछन्.दाई राक्षसहरुले । गाउँलेहरुले रोक्दारोक्दै…..आँखाबाट आँशु वहाउँदै…….मेरो बेहोसीको घटना र पु¥याउन आउनाको कारण समेत इतिवृतान्त, उनले कुरा टुङ्गाए ।

मेरो जीवन लुटे आततायीहरुले..बुवा..आ..आ आ भन्दै म फेरि बेहोस भएर लडेछु । बरण्डामा घरभरिका आँशुहरुको ताल परेछ । धैर्य बटुल्दै ससुराले मलाई जिउभरि पानी छर्किएर व्यूताउनु भएछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : २३ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले