१० भदौ २०८३, बुधबार | August 26, 2026

चुनाव जित्ने सुनिश्चिततामा ध्यान दिन नेताहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।

शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् । ओलीले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दावी गरे ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिए । जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन हाम्रो पार्टीले अव सबै तहमा जाँदा त्यहाँको मुख्य मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीेले काम गर्न सक्ने अध्यक्ष ओलीको भनाई थियो ।

ओलीले भने, नेताहरुलाई जनताको बीचमा जाँदा जनता ‘पार्टीमा प्रवेश गर्नेहरुको लहरनै ल्याउँछां । ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ । यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताको बीचमा जानुपर्छ । हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनुपर्छ । कुनै मोर्चास्वर्चासँग गठबन्धन गरिरहनु पर्र्दैन । जनता हाम्रो साथमा छ ।’

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए । उनले अधिवेशन नभई जनवर्गीय संगठनहरुको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पारे । उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरुलाई सचेत गराए ।

अध्यक्ष ओलीले पार्टीका नेताहरुले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहो-याए । उनले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ५८ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका