२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कांग्रेस मतगणना अपडेट : २६७७ मत गनियो, देउवालाई १२६५, कोइरालालाई ९८० मत प्राप्त



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

पछिल्लो विवरण अनुसार जम्मा दुई हजार ६७७ मतगणनामा शेरबहादुर देउवा १२६५, शेखर कोइराला ९८० मत प्राप्त भएको छ ।
प्रकाशमान सिंह २०४, बिमलेन्द्र निधि १६५, कल्याण गुरुङले १२ मत छ ।

सोमबार मतदान भएकोमा आज बिहान पौने चार बजेबाट राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । मतदानमा ६४ जना अनुपस्थित भएका थिए ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ३७ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन