१० भदौ २०८३, बुधबार | August 26, 2026

देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार सक्रिय : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् ।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन् । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने ।

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए ।

कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए ।

ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरे।

ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गरे । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भने, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’

पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : १५ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी