१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

‘स्वास्थ्य र शिक्षालाई राजनैतिक दलहरुले मूल एजेन्डा बनाउन सकेनन्’



बुटवल । नेपालका राजनैतिक दलहरुले स्वास्थ्य र शिक्षालाई मूल एजेन्डा नबनाउदा समाज रुपान्तरण कठिनाइ भैरहेकोे एक कार्यक्रमका बक्ताहरुको निश्कर्ष निकालेका छन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २२ औं साधारणसभामा भएको गुणस्तरीय स्वास्थ सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार बिषयक अन्तरसम्वाद कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको शैक्षिक प्रणाली सुधारको खांचो रहेको बताए ।

कार्यक्रमका प्रमुख बक्ताका रुपमा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले राजनीति दलहरुले वैज्ञानिक शिक्षालाई नारा बनाए पनि, ठोस र मुर्त स्वरुप बनाउन नसकेको बताए । वैज्ञानिक र प्राविधिक शिक्षा महंगोे हुंदा अधिकांश विद्यार्थीहरु शिक्षाबाट बन्चित भैरहेको तर्क गरे । उनले विद्यार्थीलाई निशुल्क वैज्ञानिक शिक्षा राज्यले नै दिनुपर्ने धारणा राखे ।

देशका ग्रामीण भेगमा स्वास्थको अबस्था निकै निराशाजनक भएको भन्दै नेपाली राजनीतिक दलका एजेन्डा चुनावकेन्द्रीत हुने र नेपाली नागरिकको जीवनशैली परिवर्तन गर्न नसकेकोप्रती उनको चिन्ता थियो ।

सो अवसरमा समाजका केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधि कृष्ण रावलले सरकारले मानवअधिकार र मौलिक हकहरु नारामा मात्रै सिमित गरेको भन्दै मानवअधिकारलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सचिव प्रजापाल गिरी, नेकपा एमालेका रुपन्देही उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेकपा एकीकृत समाजवादीका रुपन्देही ईन्चार्ज तथा केन्द्रिय सदस्य डा.बालकृष्ण चापागाईं, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पुष्पराज ढकाल,राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सन्तोष आचार्य,नेपाल पत्रकार महासघ रुपन्देहीका सभापति रामराज पोखरेल,रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुषाल लगायतले मानवअधिकार तथा शान्ति समाजले स्वास्थ्य सेवा र शिक्षाप्रती देखाएको चासो र उठाएको बिषयप्रति ऐक्यबद्धता समेत जनाएका थिए ।

सो अवसरमा समाज रुपन्देहीका सभापति डिपि खनालले अध्यक्षको प्रतिबेदन पेश गरेका थिए । समाज रुपन्देहीका सचिव कपिल ज्ञवालीको संचालन र उपसभापति खिमलाल भट्टराइ कृष्णको स्वागतमा खुल्ला सत्र भएको थियो ।

त्यस्तै आजै भएको बन्दसत्रमा सभापति डिपि खनालको प्रतिबेदन, सचिव कपिल ज्ञवालीको प्रतिबेदन र कोषाध्यक्ष धनकला खनालको आर्थिक प्रतिबेदन पारित भएको छ ।

मानवअधिकार तथा शान्ति समाज देशभरमै उत्कृष्ट शाखा बनेको रुपन्देही शाखाले नियमित रुपमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा सरोकारवाला, अधिकारकर्मी, बिभिन्न संघसंस्थाका प्रतिनिधि,शान्ति समाजका साधारण तथा आजिवन सदस्यहरु लगायतल गरि ८० जनाको सहभागिता रहेको सहसचिव कृष्ण पाण्डेले बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ५४ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा