३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

नागरिकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गर : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गर्न माग गरेका छन् । आईतबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष यादवले उमेर पुगेर पनि नागिरकता नपाएका व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरेर निर्वाचन प्रक्रियामा सहभागी गराउन माग गरेका हुन् ।

अध्यक्ष यादवले निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलनमा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि पनि जनाएका छन्। उनले नागरिकता नपाउनु र नागरिकता नहुनु फरक विषय भएको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।

‘नागरिकता प्रमाणपत्र राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन’, यादवले भनेका छन् ।-‘लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेकाले लाखौं मधेसीहरू नागरिकता प्रमाणपत्र विहिन रहेका छन् ।’

‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नाले लाखौं व्यक्ति मतदान गर्न पाउने अधिकारबाट वञ्चित हुने छन् ।’ यादवले लेखेका छन् ।

निर्वाचनको प्रक्रियामा सामेल हुनबाट नागरिकलाई रोक्ने कार्य असंवैधानिक साथै अन्तर्राष्ट्रिय कानुनविपरीत र मानवताविरोधी कार्य भएको भन्दै यादवले सरकार माथि गम्भिर आरोप समेत लगाएका छन्।

‘निर्वाचन आयोग र सरकारको ध्यान यस्तो गम्भीर विषयमा समयमै पुर्याओस् । कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट वञ्चित हुन नपरोस् ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ३० बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये