१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बाघको त्रासमा राप्ती सोनारीवासी



बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ ।

शनिबार बिहान राप्ती सोनारी–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिँदा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए । आलीनगर पुग्नैलाग्दा ओरालो बाटोमा पछाडिबाट बाघ झम्टिन आएको थियो ।

बाघले झम्टे पनि पन्जाले नभेटाएकाले आफु बाँच्न सफल भएको क्याम्पस प्रमुख बटालाले बताए । शनिवार दिउँसो नै बाँकेको फत्तेपुरस्थित जङ्गलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरु रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् ।

वडा नं ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो । अशोक डाँडाटेपरी र राजाराम गुलरी निवासी हुन् ।

बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएको राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण समितिका संयोजक सिताराम थारुले बताए।

बाँकेमा गत भदौ अन्तिम साता राप्ती सोनारी–१ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । निकुञ्ज क्षेत्रमा रहेका बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले दुई हात्ती र नेपाली सेनासहितको टोलीले २४सै घण्टा गस्ती गरिरहेको जानकारी दिए । बाघले आक्रमण गर्नसक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन रोक नै लगाइएको र मोटरसाइकल तथा अटोरिक्सालगायत साना सवारी साधनलाई समूहमा मात्र गुड्न दिइएको साहले बताए । रासस

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : १५ बजे

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

सरकारी कार्यक्रम अब होटलमा होइन, कार्यालयभित्रै सञ्चालन गर्नुपर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

गलकोट । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग