६ श्रावण २०८३, बुधबार | July 22, 2026

कांग्रेस सिद्धार्थनगर नगर उपसभापति प्रहरी नियन्त्रणमा, अभियोगबारे प्रश्न गर्दा मोबाईल काट्छन् डीएसपी पौडेल



बुटवल । सर्वसाधारण पक्राउ गर्दा अभियोग पुष्टी नहुँदै विज्ञप्ति पठाउने रुपन्देही प्रहरीले पहुँचवाला नागरिक पक्राउ गर्दा भने अभियोगबारे जानकारी माग्दा फोन काट्ने गरेको छ । प्रहरीले पक्राउ गरेको नेपाली काँग्रेसका सिद्धार्थनगर नगर कार्यसमितिका उपसभापति एवम् वडा नम्बर-७ का वडा सदस्य किरण घिमिरेको पक्राउका कारणबारे सूचना माग्दा सूचना दिन अस्विकार गरेको हो ।

बिहिबार राती उपसभापति घिमिरेलाई घरबाटै पक्राउ गरेपनि प्रहरीले आईतबार सम्म पक्राउ गरेको सूचना लुकाएर राखेको थियो । स्रोतहरुबाट घिमिरे पक्राउ परेको सूचनाका आधारमा प्रहरीसँग जानकारी माग्दा रुपन्देही प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले कुरा गर्दागर्दै मोबाईल काटेका छन् । पक्राउ गरेको स्विकार गरेपनि उनीमाथिको आरोपका बारेमा प्रश्न गरे लगत्तै डीएसपी पौडेलले मोबाईल काटेका हुन् ।

खबरकुराको अभियोगका सम्बन्धका प्रश्नमा पक्राउ गरेर अनुसन्धान हुँदै गरेको बताएर डीएसपी पौडेलले एकतर्फी मोबाईल काटेका हुन् । जबर्जस्ती करणीका आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतहरुले दाबी गरेपनि प्रहरीले सूचना लुकाएर घटनालाई कमजोर बनाउने प्रयासमा लागेको स्थानीयको आरोप छ ।

पक्राउ परेका घिमिरे सत्तारुढ काँग्रेसका कार्यकर्ता र त्यसमा पनि गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले सूचना लुकाएर मुद्दालाई कमजोर बनाउन खोजेको बताइएको छ ।

समान्य घटनाहरुका विषयमा वा राजनीतिक पद धारण नगरेको व्यक्तिहरु संलग्न भएको घटनाका विषयमा अभियोग प्रमाणित नहुँदै फोटो सहित सूचना पठाउने गरेको रुपन्देही प्रहरीले घिमिरे प्रकरणमा सूचना लुकाउन खोज्नु र मोबाईल काट्नुले घटना साम्य पार्ने षडयन्त्रमा लागेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : २५ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना