१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको बताए। देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

“मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ”, प्रधानमन्त्री देउवाले भने, “आजको विश्व शैक्षिक बजारमा युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।”

देउवाले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने धारणा व्यक्त गरे । विश्वविद्यालयलको नेतृत्वले भौतिक, शैक्षिक सुधार तथा विद्यार्थी कल्याण सम्बन्धिका कार्यका साथै स्तरोन्नतिका प्रयासलाई निरन्तरता दिन सुझाव दिए।

उनले दीक्षित भएर गएका दिक्षार्थीको अनुहारमा नेपालको सुन्दर मुहारको प्रतिविम्ब देखिरहेको समेत बताए । विश्वविद्यालयबाट ग्रहण गरेको ज्ञान र सीप उत्पादनशील कार्यमा लाग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, “भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईहरुको सोच, अठोट र कर्ममा निर्भर छ ।”

समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोलीका निर्देशक प्राडा भी रामगोपाल रावलले आजका सन्दर्भमा उत्पादन, व्यावसायिक तथा रोजगारीमुखी शिक्षाको आवश्यकता रहेको बताए। आजको विश्व बजारमा एउटा सानो क्षेत्रका गतिविधिले समेत विश्वलाई प्रभाव पार्ने उल्लेख गर्दै उनले नयाँ प्रविधि र सञ्चालनको विकासको अपरिहार्यता रहेको बताए । विश्वविद्यालयका शैक्षिक कार्यक्रम विश्वव्यापीरुपमा परिवर्तन भइरहेका सन्दर्भमा समय सापेक्षरुपमा आफूलाई पनि बदल्नुपर्ने उनको सुझाव थियो ।

मुलुकका ७७ मध्ये ७६ जिल्लामा एक हजार १२० क्याम्पस रहेका छन् । विश्वविद्यालयबाट विसं २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९औँ ग्रेस लिष्टमा समावेश भएका विद्यावारिधि, डिएम÷एमसिएच, दर्शनशास्त्री, स्नातकोत्तर र स्नातक तहका गरी कूल २९ हजार ७२९ विद्यार्थी÷शोधार्थी आज दीक्षित भएका समारोहमा जानकारी गराइएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले सङ्घीय संरचनाअनुरुप विज्ञले तयार पारेका विश्वविद्यालयका पुनःनिर्माणका काम नहुनु, विसं २०६७ अघि स्थायी सेवामा समाहित शिक्षक, कर्मचारीका सेवा निवृत्तिभरणको दायित्व नेपाल सरकारले नलिनु, उच्च शिक्षा तथा अनुसन्धानतर्फ न्यून बजेट हुनुले योजनाबद्ध तरिकाले काम अघि बढाउँदा पनि विश्वविद्यालयसामु थुप्रै चुनौतीका चाङ लागेको जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : ४८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू